← All articles

https://kendrabindu.com/

विद्यार्थी विदेशिनु ब्रेन ड्रेन मात्र होइन, ब्रेन सर्कुलेसन हो : मुकेश धमला

नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स)का क्षेत्रीय प्रबन्धक मुकेश धमलाले नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश पलायन हुनुलाई केवल देशको क्षतिका रूपमा मात्र हेर्न नहुने बताएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा धमलाले यस विषयलाई फरक दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएका हुन् ।

Share this article

Share these insights with your network.

17 August 2026

https://kendrabindu.com/education/530566/


नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स)का क्षेत्रीय प्रबन्धक मुकेश धमलाले नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश पलायन हुनुलाई केवल देशको क्षतिका रूपमा मात्र हेर्न नहुने बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा धमलाले यस विषयलाई फरक दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिएका हुन् ।


धमलाले हरेक वर्ष ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू बाहिरिँदा देशको अर्बौँ रुपैयाँ विदेशिएको तथ्यलाई स्वीकार गर्दै यसलाई ‘ब्रेन ड्रेन’ को चिन्ता मात्र गर्नुभन्दा ‘ब्रेन सर्कुलेसन’ का रूपमा बुझ्नुपर्ने बताए । विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई समेटेर ती विद्यार्थीहरूलाई कसरी पुनः नेपाल फिर्ता ल्याउन सकिन्छ र उनीहरूको क्षमतालाई देश विकासमा कसरी उपयोग गर्ने भन्नेतर्फ अबको बहस केन्द्रित हुनुपर्ने उनको तर्क थियो ।